काठमाडौं, १८ पुस । चर्चित बालगायक सचिन परियारको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको छ ।
अस्पतालका अनुसार बिहीबार बिहान १०:४५ बजे उनको निधन भएको हो । १३ वर्षीय सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो । यसअघि उनको शल्यक्रिया भएको थियो ।
हास्य श्रृंखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए । ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ लगायत उनले गाएका प्रमुख गीत हुन् ।