• आइतबार, १४ भदौ २०८३
  • images

    डाक्टर शिवानी सिंह सम्पर्कविहिन

    डाक्टर शिवानी सिंह सम्पर्कविहिन

    गृहमन्त्रालयद्धारा खोजी जारी 

    आइतबार, असोज २० २०८१
    आइतबार, असोज २० २०८१
    डाक्टर शिवानी सिंह सम्पर्कविहिन

    काठमाडौँ, २० असोज । प्रहरी अस्पतालमा कार्यरत प्राविधिक प्रहरी (इन्स्पेक्टर) डा शिवानी सिंह विना जानकारी लामो समयदेखि हराइरहेकी छन् । उनी लामो समयदेखि अस्पतालमा अनुपस्थित भएपछि गृह मन्त्रालयले खोजी सुरु गरेको छ । डा.शिवानीलाई खोज्न गृहमन्त्रालयले सूचना जारी गर्दै सात दिन भित्र सम्पर्कविहीन हुनुको कारण सहित हाजिर हुन आउन निर्देशन दिएको छ ।

     डा शिवानी वैशाख २ गतेदेखि सम्पर्कविहीन भएकी थिईन । नी प्रहरी अस्पतालमा छाला रोग विभागमा कार्यरत थिईन् ।
    उनको खोजीका लागि गृह मन्त्रालयले गोरखापत्रमा  सूचना प्रकाशित गर्नुपरेको छ । 
     मन्त्रालयले डा सिंहलाई सात दिनभित्र गैरहाजिर हुनुको कारणसहित सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ।


    डा सिंहले २०८१ वैशाख २ गतेदेखि लागू हुने गरी ४ दिनको भैपरी आउने बिदा स्वीकृत गराएकी थिइन् । फेरि थप घर बिदा १४ दिन, पुनः थप घर बिदा ३० दिन र फेरि घर बिदा ३० दिन गरी कुल ७८ दिनसम्म लगातार बिदा बसी उक्त बिदा भुक्तान गरेकी थिइन्।


    त्यसपछि २०८१ साउन ६ गते नेपाल प्रहरी अस्पतालमा हाजिर हुनुपर्नेमा उनी सम्पर्कविहिन बनेकी हुन्।

    हेरौँ सूचना 

    Capture-1728188467.JPG

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार