• आइतबार, १४ भदौ २०८३
  • images

    स्वास्थ्य समूहका गुरुङ र  रिजाललाई  निजामती सेवा पुरस्कार

    स्वास्थ्य समूहका गुरुङ र  रिजाललाई  निजामती सेवा पुरस्कार

    शनिबार, भदौ २२ २०८१
    शनिबार, भदौ २२ २०८१
    स्वास्थ्य समूहका गुरुङ र  रिजाललाई  निजामती सेवा पुरस्कार

    काठमाडौं, २२ भदौ । सरकारले स्वास्थ्य समूहका दुई जना स्वास्थ्यकर्मीलाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गरेको छ ।

    पुरस्कृत हुनेमा धरमपानी स्वास्थ्य चौकी प्युठानमा कार्यरत सीअनमी (छैटौँ) राममाया गुरुङ र संघीय संसद सचिवालय सिंहदरबारमा कार्यरत सीअहेव (छैटौँ) डा पुष्पराज रिजाल रहेका छन् ।  उनीहरु दुबै निजामती निजामती सेवा पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

    निजामती सेवा दिवसको ४० जना कर्मचारीहरूलाई पुरस्कृत गर्दा स्वास्थ्यका दुईजना पुरस्कृत गर्ने निर्णय गरेको हो ।
      कार्यसम्पादन मुल्यांकनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा उनीहरुलाई पुरस्कृत गरिएको हो ।
     निजामती  दिवसको अवसरमा सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कारबाट ३० जना कर्मचारीलाई पुरस्कृत गरेको छ । सर्बोत्कृष्ट निजामती पुरस्कार भने यसपटक पनि कसैले प्राप्त गर्न सकेनन।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार