• सोमबार, १५ भदौ २०८३
  • images

    डा. भिमसिंह तिङकरीलाई उत्कृष्ठ निजामती सेवा पुरस्कार

    डा. भिमसिंह तिङकरीलाई उत्कृष्ठ निजामती सेवा पुरस्कार

    मंगलबार, भदौ २२ २०७८
    मंगलबार, भदौ २२ २०७८
    डा. भिमसिंह तिङकरीलाई उत्कृष्ठ निजामती सेवा पुरस्कार

    स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख डा. भिमसिंह तिङकरीले उत्कृष्ठ निजामती सेवा पुरस्कार पाउनु भएको छ । प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को बैठकले उहाँसहित ४० जना निजामती सेवाका कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । 
    यसवर्ष सरकारले १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्न लागेको हो । 
    उत्कृष्ट निजामती कर्मचारी पुरस्कारको राशि एक लाख र निजामती कर्मचारी सेवा पुरस्कारको एक लाख रहेको छ ।

    दुई लाख पुरस्कार राशि रहेको सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कारका लागि भने यो वर्ष पनि कोही छनोट भएनन् । ०७३ साल यता यो पुरस्कारका लागि कोही छनोट भएका छैनन् ।
    २०६१ सालदेखि प्रत्येक वर्ष भदौ २२ गतेका दिन सरकारले निजामती सेवा दिवसका दिन पारेर उत्कृष्ठ कर्मचारीहरुलाई पुरस्कृत गर्दै आएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार