• आइतबार, १४ भदौ २०८३
  • images

    आईओएमको डीनका लागि नाम सिफारिस गर्न समिति गठन, सात दिन भित्र आवेदन दिनुपर्ने 

    आईओएमको डीनका लागि नाम सिफारिस गर्न समिति गठन, सात दिन भित्र आवेदन दिनुपर्ने 

    मंगलबार, भदौ १८ २०८१
    मंगलबार, भदौ १८ २०८१
    आईओएमको डीनका लागि नाम सिफारिस गर्न समिति गठन, सात दिन भित्र आवेदन दिनुपर्ने 

    काठमाडौँ, १८ भदौ ।  चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)को डीन नियुक्तीको प्रक्रिया अघि बढेको  छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले गठन गरेको डीन नियुक्तीका लागि सिफारिस समितिले सोमबार सूचना जारी गर्दै डीन नियुक्तीको प्रक्रिया अघि  बढाएको हो ।
     सो डीन पदका लागि इच्छुक तथा योग्य व्यक्तिले ७ दिन भित्र आशयपत्र इमेल गर्न आव्हान गरेको छ ।

    परिषद्ले आईओएमको डीन नियुक्तिका लागि नाम सिफारिस गर्न ३२ साउनमा प्राडा कृष्णकुमार(केके) ओलीको संयोजकत्वमा तीन सदस्यीय छनौट समिति गठन गरेको थियो । उक्त समितिमा प्राडा सुवासप्रसाद आचार्य र प्राडा योगेन्द्रमान शाक्य सदस्य रहेका छन् ।


    त्रिवि आईओएममा डीन रहेकी प्राडा दिव्या सिंह शाहको चार वर्षे कार्यकाल गत ३ असारमा सकिएको थियो । तर नयाँ नियुक्ती हुन नसक्दा उनलाई नै अर्को व्यवस्था नहुँदासम्मका लागि भन्दै पुरानै जिम्मेवारीमा रही काम गर्न भनिएको थियो । अहिले पनि पनि प्राडा शाहले डीनको रुपमा काम गरिरहेकी छन् ।

    सोमबार जारी सूचनामा ‘त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को नियम १७५ (२) र त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ को परिच्छेद २ मा उल्लेख भएबमोजिम त्रि.वि.का निम्नलिखित अध्ययन संस्थान र संकायका डिन पदका लागि योग्य उम्मेदवारहरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्रमा विनियममा उल्लेखित आवश्यक कागजातहरुका साथै आशयपत्र  iomdeanselection@tu.edu.np  इमेलमा पेश गर्नुहुन अनुरोध छ,’ भनेर सूचना जारी गरेको छ ।

    समितिले तोकिएको अवधी भित्र आएका आशयपत्रको अध्ययन गरी ५ जनालाई सर्टलिष्टमा राख्ने र तीमध्येबाट ३ जनाको नाम बर्णानुक्रम अनुसार त्रिवि कार्यकारी परिषदलाई सिफारिस गर्ने छ । परिषदले ती ३ जनामध्ये एक जनालाई डीन पदमा नियुक्ती दिने छ ।

    यता त्रिविले जारी गरेको नयाँ विनियममा विद्यावारिधिलाई समेत नम्बर राखिएपछि प्रतिस्पर्धामा उत्रिन खोजेकाहरु असन्तुष्ट भएका छन् ।

    ‘डीनको लागि प्राध्यापक वा सहप्राध्यापक योग्यता तोकिएको छ ।  

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार