• बिहीबार , २९ असोज २०८३
  • images
    images
    ४८ औ क्यान्सर सर्भाइभर मिट

    नेपालीको क्यान्सर उपचार नेपालमै

    नेपालीको क्यान्सर उपचार नेपालमै

    आइतबार, साउन २० २०८१
    आइतबार, साउन २० २०८१
    नेपालीको क्यान्सर उपचार नेपालमै

    ललितपुर, २० साउन । क्यान्सर विजेताहरुको ४८ औं क्यान्सर सर्भाइभर मिट' सम्पन्न भएको छ।

    नेपाल क्यान्सर सहयोग समूह, नेपाल क्यान्सर अस्पताल र उपचारकालागि सहयोगी हातहरुको संयुक्त आयोजनामा ४८ औ क्यासन्सर सर्भाइभर सम्पन्न भएको हो।

    images

    कार्यक्रममा नेपाल क्यान्सर अस्पतालका अध्यक्ष तथा वरिष्ठ मेडिकल अन्कोलोजिष्ट डा. सुदिप श्रेष्ठले  नेपाल क्यान्सर रोगको उपचारमा अब्बल रहेको बताए ।
    उनले नेपालीको क्यान्सर उपचार नेपालमा नै भन्ने नारालाई नेपाल क्यान्सर अस्पतालले सार्थक तुल्याएको बताए ।
     उनले  कोही पनि नेपाली आफ्नो देश छोडेर विदेशमा उपचार गराउन जानु पर्ने अवस्था नआएको बताए ।
    उनले नेपाल क्यान्सर अस्पतालले एउटै छानामुनी सम्पुर्ण क्यान्सरको उपचार गराउँदै आइरहेको बताए ।


     उपचारका लागि सहयोगि हातहरुकी अध्यक्ष स्वरुपा श्रेष्ठले क्यान्सर बिजेताहरुलाई समय समयमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको जानकारी दिइन।


    नेपाल क्यान्सर अस्पतालकी डाइरेक्टर, नेपाल क्यान्सर सपोर्ट ग्रुपकी उपाध्यक्ष समेत रहेकी श्रेष्ठले  क्यान्सर निको हुन्छ र क्यान्सर पछि पनि जिवन छ भनि अघि बढ्न प्रेरणा दिउनुपर्ने बताइन् ।

     सम्मेलनमा नेपाल क्यान्सर अस्पतालमा कार्यरत सिनियर फिजियोथेरापिस्ट राजेन्द्र खत्रीले क्यान्सर बिजेताहरुहरुलाई भिभिन्न उपयोगी व्यायाम अभ्यास गराई क्यान्सर उपचारमा फिजियोको महत्व बारेमा जानकारी दिए।

    कार्यक्रममा उपस्थित क्यान्सर विजेताहरुले नेपालमा अझै पनि क्यान्सर रोगलाई लुकाउने प्रबृती रहेको बताए ।
    ऊनीहरुके रोग लुकाउने प्रबृतीलाई हटाई खुलेर क्यान्सर बिरुद्द उत्रिन र क्यान्सरलाई सामना गर्न सधै उत्प्रेरित गर्नु पर्ने बताए ।

     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार