ललितपुर, २८ असोज । क्यान्सर सहयोगी समूहले नेपाल क्यान्सर हस्पिटल तथा उपचारको लागि सहयोगी हातहरुको सहकार्यमा ४४ औँ क्यान्सर सर्वाइभर मिट’ आयोजना गरेको छ ।
स्तन क्यान्सरमा वशांनुगत कारण कसरी पत्ता लगाउने र यसको जोखिम कसरी कम गर्ने भन्ने विषयमा छलफल भएको हो ।
कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठ जेनेटिक परिक्षण गर्दा राम्रो काउन्सिङ गरेर तथा यसका फइदा वेफाइदाबारे पहिले नै जानकारी दिनुपर्ने बताए ।
उनले पारिवारिक हिस्ट्री अनिवार्य लिनुपर्ने भन्दै यदि पोजेटिभ आए के के तयारी गर्नु पर्छ भन्ने विषयमा प्रष्ट पारे । उनले प्रि काउन्सिलिङ र पोस्ट काउन्सिलिङबारे जानकारी गराउनुपर्नेमा जोड दिए ।
त्यसैगरी छलफलमा विभागीय प्रमुख तथा सिनियर रेडियसन अन्कोलोजीस्ट डा गिसुप निख प्रसिकोले रेडियसन दिँदा दायाँ र बायाँ अनुसार फरक–फरक तरिकाका उपचार विधीहरु अपनाउनु पर्ने भन्दै शरीर भित्रका अंगमा असर नपरोस भनेर ‘ब्रेथ होल्डिङ’ जस्ता प्रविधी प्रयोग गरिने जानकारी दिए ।
वरिष्ठ गाईने अन्कोलोजिस्ट डा अन्जु श्रेष्ठले ब्रेस्ट क्यान्सरको रिपोर्ट पोजेटिभ देखिएकामा ओभरीमा पनि क्यान्सर देखिन सक्ने हुनाले ओभरी पनि निकाल्नुपर्ने अवस्थ रहने जानकारी दिइन्।
त्यसैगरी विभागीय प्रमुख तथा सिनियर प्याथोलोजिस्ट डा हरिप्रसाद ढकालले कुनै पनि रोगको निश्चित डाइग्नोसिस गर्ने मुख्य काम प्याथोलोजीबाट हुने भएकाले प्याथोलोजी अन्गर्तत गुणस्तरीय प्रयोगशाला र दक्ष जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताए।
डा ढकालले सर्जरी अगाडिको वायप्सीको रिपोर्ट दोसो दिन नै आउने भन्दै केमो थेरापी पछि लिइने वायप्सीको भने रिपोर्ट आउन केही दिन लाग्ने जागकारी दिए।
अस्पातालका कन्सलटेन्ट स्तन ओन्कोप्लास्टिक सर्जन डा प्रफुल्ल शाक्यले पहिले ७० देखि ८० प्रतिशत स्तन निकाल्ने गरी सर्जरी गर्ने गरिएकोमा हाल ५० प्रतिशत स्तन बचाएर गरिने शर्जरी हुने गरेको जानकारी दिए। अहिले गरिने उपचारमा सके बचाउने नसकेमात्र निकाल्ने र स्तन बनाएर राख्ने पनि प्रविधि रहेको बताए। त्यसैले कस्मेटिक हिसावले कतिपय केसमा सर्जरीपछि पहिलो भन्दा अझ राम्रो समेत हुने जानकारी दिए।
उनले परिवारमा एउटामा भएको छ भने अन्य महिलाहरुमा पनि क्यान्सर देखिन सक्ने भन्दै तिनका परिवारका किशोरीले कुन कुन उमेरमा कस्ता कस्ता परिक्षण गर्नुपर्ने अनुसन्धानले रिकोमेन्डेसन गरेको छ भनेका थिए। हरेक वर्ष अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रुपमा विभिन्न कार्यक्रम गर्दै मानाइन्छ। कार्यक्रममा स्टयान्डर्ड लाईफ साइन्सको सहयोग रहेको थियो।
कार्यक्रममा नेपाल क्यान्सर अस्पतालका संस्थापक अध्यक्ष तथा सिनियर मेडिकल अंकोलोजिष्ट डा सुदिप श्रेष्ठ, विभागीय प्रमुख तथा सिनियर रेडियसन ओन्कोलोजीस्ट डा गिसुप निख प्रसिको, विभागीय प्रमुख तथा सिनियर प्याथोलोजिस्ट डा हरिप्रसाद ढकाल, सिनियर गाईने अन्कोलोजिस्ट डा अन्जु श्रेष्ठ तथा स्तन अन्कोप्लास्टिक सर्जन डा प्रफुल्ल शाक्यको सहभागितामा अन्तर्किया गरिएको हो।