काठमाडौं । नेपाल क्यान्सर हस्पिटलको पाचौ बार्षिकोत्सव भव्यताकासाथ सम्पन्न भएको छ । स्वास्थ्य मन्त्रालयका सचिब डा रोशन पोखरेल वाट पानसमा बत्ती बालेर समुद्घाटन गरिएको उक्त कार्यक्रममा हस्पिटलका कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो। कार्यक्रममा अस्पतालको प्रगति विवरण कार्यकारी अधिकृत डा बच्चुकैलाश कैनीले प्रस्तुत गर्नुभएको थियो भने बार्षिकोत्सवको बारेमा मूल समारोहका संयोजक तथा ब्यबस्थापन समितीका सदस्य महेश्वर सिन्याहले विवरण प्रस्तुत गर्नुभएको थियो। हस्पिटलको स्मारिका “आशा“ पत्रिका २०७९ को बिमोचन पनि गरिएको उक्त कार्यक्रममा हस्पिटलका डाइरेक्टर डा बिजेश राज घिमिरेले धन्यबाद ज्ञापन गर्नुभएको थियो।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नो पाचौ बार्षिकोत्सवको पुर्ब सन्ध्यामा आफ्ना कर्मचारीहरु माझ सांस्कृतिक कार्यक्रम,पद यात्रा, रक्तदान, चम्चे दौड , बेलुन फुटाउने प्रतियोगिता, संगीत कुर्ची खेल, हाजिरी जवाफ प्रतियोगिता, डोरी तान्ने खेल, छोटो फुटबल(फुत्सल )खेल को आयोजना गरेर पुरस्कृत कर्मचारीहरुलाई पुरस्कार, पदक एबम प्रमाणपत्र वितरण गरेको थियो।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नो पाचौ बार्षिकोत्सव बिबिध कार्यक्रम आयोजना गरेदेखि नै कर्मचारीहरुमा छुट्टै, रनक, जोस र खुशी छाएको देखिन्छ।
बि सं २०७२ सालदेखि शुरु भएको ललितपुरस्थित हरिसिद्दिमा रहेको नेपाल क्यान्सर हस्पिटल राष्ट्रकै सर्बोत्कृष्ट , सर्बसुलभ, सुबिधासम्पन्न र अत्याधुनिक क्यान्सर हस्पिटलको रुपमा स्थापित छ। “नेपालीको क्यान्सर उपचार नेपालमा नै “, र “उत्कृष्टता संग हेरचाह“ आदर्श बाक्य आत्मसात गर्दै उपचाररत यस हस्पिटल क्यान्सर रोग निदान र उपचारमा समर्पित रहदै पाचौ बार्षिकोत्सव सम्पन्न गरेको छ ।


