क्यान्सर रोगको उपचारमा स्वास्थ्य बीमाको दायरालाई बढाउनुपर्छ
क्यान्सर रोग नेपालमा मात्र नभएर संसारमा बढ्दै छ । नेपाल तथा विश्वको सन्र्दभमा कुरा गर्ने हो भने कुनै पनि रोगबाट मृत्युहुने मध्ये क्यान्सर रोग दुई नम्बरमा पर्छ ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार पहिलो मृत्यु मुटुरोगबाट र दोस्रो क्यान्सरबाट हुने गर्दछ । नेपालमा प्रत्येक दिन ४० जना नेपालीको क्यान्सर रोगबाट मृत्यु भइरहेको छ । अहिले नेपालमा क्यान्सर तथा नसर्ने रोग बढ्नुको कारण धुमपान, मोटोपन, जिवनशैलीका कारणले क्यान्सर रोग लागिरहेको छ । मानिसले क्यान्सरको स्क्रिनिङमा ध्यान दिएको पाइदैन ।
सरकारले पनि क्यान्सरको स्क्रिनिङ गराउनुपर्दछ । क्यान्सरको प्रिभेन्सनतर्फ पनि ध्यान दिनुपर्छ । पाठेघरको मुखको क्यान्सर रोकथाम गर्नका लागि भ्याक्सिन दिन सकिन्छ । कलेजोको क्यान्सरका लागि हेपाटाइटिस बिको भ्याक्सिन दिन सकिन्छ । क्यान्सरको उपचारमा सबैको पहुँचमा पु¥याउनुपर्छ । देशमा क्यान्सर सम्बन्धि औषधी उत्पादन गर्ने कम्पनीलाई प्रोत्साहन गर्नुपर्दछ । क्यान्सरको औषधी नेपालमा नै उत्पादन गर्न सकिन्छ । जसले गर्दा नेपालमा क्यान्सरको औषधी सस्तो हुने र नेपालीले रोजगार पाउने गर्दछन् । त्यतिमात्र होइन, नेपालीहरुले रोजगार पाउँदछन् । त्यसैले क्यान्सरविरुद्धको औषधी नेपालमा उत्पादनका लागि राज्यले सुविधा दिनुपर्छ । अहिले ९९ प्रतिशत क्यान्सरको उपचार नेपालमै हुने गरेको छ । बाँकी एक प्रतिशत क्यान्सरको उपचारको लागि मानिसहरु विदेश गइरहेका छन् । नेपालमा रोबोटिक सर्जरी, रोबोटिक प्रोटोन थेरापी हुँदैन । नेपालमा उच्च तहका उपकरणहरु छैनन् । प्रोटोनथेरापी (सेक्ने मेसिन हो ।
यसको मुल्य नै खरबौँ पर्न सक्छ । भारतमा पनि एउटा, दुईटा भन्दा मेसिन छैन । ती बाहेक सम्र्पूण उपचार नेपालमा हुने गर्दछ ।
क्यान्सरबाट जोगिनका लागि खानपिन र जिवनशैलीमा ध्यान दिनुपर्छ । पाठेघरको मुखको क्यान्सरबाट जोगिनलाई किशोरीहरुलाई भ्याक्सिनको व्यवस्था गर्नुपर्छ । स्तन क्यान्सरबाट जोगिनका लागि म्यामोग्राम गर्नुपर्दछ । हेपाटाइटिस बिको भ्यान्सिन लगाएमा कलेजोको क्यान्सर हुनबाट जोगिन सकिन्छ ।
रोगको स्क्रिनिङमा ध्यान दिनुपर्छ । रोग पहिचानलाई प्राथमिकतामा राख्नुपर्छ । धुमपान र मद्यपान रोक्नुपर्छ । खानपिन , सूर्तिजन्य पदार्थ बेचविखन र विज्ञापनलाई रोक्न सक्नुपर्छ । सचेतना देशव्यापी रुपमा फैलाउनुपर्छ । सञ्चारमाध्याममा क्यान्सर सम्बन्धि जनचेतना जगाउन सकिन्छ । सरकारी सामुदायीक र नीजि क्षेत्रबिच सहकार्य गर्न सकिन्छ ।
प्रदेश सरकारले पनि क्यान्सर रोकथाममा ध्यान दिनुपर्दछ । प्रदेशले क्यान्सर उपचारमा अस्पतलहरु सञ्चालन गर्न सकिन्छ । क्यान्सरमा गाहे नहुँदासम्म मानिसहरु अस्पताल नजाने चलन र त्यसलाई निरुत्साहित गर्नुपर्छ । त्यसको लागि सामाजिक सञ्जाल तथा मिडियालाई व्यवस्थित गर्न सकिन्छ । सरकारले क्यान्सर रोगको पहिचान देखि उपचार एउटै स्थानमा गर्नुपर्छ ।
नेपालमा सबभन्दा धेरै हुने क्यान्सरमा पहिलो नम्बरमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर दुई नम्बर, स्तन क्यान्सर तेस्रो नम्बर, पेटको क्यान्सर पाँचौ नम्बरमा ठूलो आन्द्राको क्यान्सर, छैटौ नम्बरमा मुखको क्यान्सर , सातौँ नम्बरमा रगतको क्यान्सर रहेको छ ।
हामी नेपालीहरुको सहने बानी रहेको छ । हामीहरु केही नभई केही रोगको परीक्षण गर्दैनौ । समयमा अस्पताल नगएपछि सबैतिर क्यान्सर फैलि सकेको हुन्छ । अन्तिम अवस्थामा पैसा पनि खर्च हुने गर्दछ । बिरामीलाई पनि बचाउन कठिन हुन्छ । यस्ता समस्याले गर्दा समाजमा क्यान्सर रोगप्रतिको नकारात्मक धारणा रहेको छ ।
पाटन अस्पतालमा दैनिक २५ जनाको उपचार हुने गरेको छ । वर्षमा एक हजार बिरामीको उपचार पाटनमा हुने गरेको छ ।
नेपालमा वर्षेनी २० देखि ३० हजार क्यान्सरका नयाँ रोगी थपिन्छन् । ती मध्ये १२ देखि १८ हजारको मृत्यु त्यहि वर्ष हुने गरेको छ । क्यान्सर देखिएका मध्ये ६० देखि ७० प्रतिशतको मृत्यु त्यहि वर्ष हुने गरेको छ । विकसित देशमा जति पहिचान हुन्छ त्यो मध्ये ८० प्रतिशत निको हुन्छ । १० प्रतिशतमात्र मर्ने गर्दछन्। उनीहरुको स्वास्थ्य बीमा गरिएको हुन्छ ।
आफ्नो पकेटबाट पैसा जादैन र स्वास्थ्यलाई बढी ध्यान दिने गरेका छन् । यहाँ बिरामीको पकेटबाट पैसा जाने गरेको छ । त्यसले पनि बिरामी उपचार गराउन जाँदैनन् । हामीकहाँ स्वास्थ्य बीमालाई प्रभावकारी बनाएर क्यान्सरको उपचारमा पनि बीमा लागू गर्नुपर्छ ।
लेखक वरिष्ठ क्यान्सर रोग विशेषज्ञ हुन् ।