• आइतबार, १४ भदौ २०८३
  • images

    यी हुन् स्थायी सेवामा नाम निकालेर नियुक्तिपत्र बुझ्न नआउने ९ जना नर्स

    यी हुन् स्थायी सेवामा नाम निकालेर नियुक्तिपत्र बुझ्न नआउने ९ जना नर्स

    बुधबार, साउन १६ २०८१
    बुधबार, साउन १६ २०८१
    यी हुन् स्थायी सेवामा नाम निकालेर नियुक्तिपत्र बुझ्न नआउने ९ जना नर्स


    काठमाडौँ, १६ साउन । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थायी सेवामा नाम निकालेका ९ जना नर्स बेपत्ता भएका छन् । आज पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले सार्वजनिक सूचना जारी गर्दै स्थायी सेवामा नाम निकालेका ९ जना नर्स र १ जना ल्याब टेक्निसिएनले हालसम्म पनि स्थायी नियुक्तिपत्र बुझ्न नआएकोले सूचना जारी गरेको उनीहरुलाई उनीहरुलाई १६ दिनभित्र नियुक्तिपत्र बुझ्नका लागि अस्पतालले सूचना जारी गरेको छ । उनीहरुले स्थायी सेवामा नाम निकालेर तीन महिनासम्म पनि नियुक्तिपत्र लिन नआएकोले अस्पतालले सूचना प्रकाशित गरेको हो । 

    यसरी नियुक्ति पत्र लिन नआउनेमा १ ल्याब टेक्निसियन, १ नर्सिङ अधिकृत र ८ जना स्टाफ नर्स रहेका छन् । 

    प्रतिष्ठानको सेवा आयोगले लिएको परीक्षा तथा अन्तवार्तामा उतीर्ण भएकाको नतिजा प्रतिष्ठानले गत बैशाख ३ गते प्रकाशन गरेको थियो ।  यसमध्ये १० जना अहिलेसम्म पनि नियुक्ति लिनै नआएको प्रतिष्ठानले जानकारी दिएको छ । 

    अबको १५ दिनभित्र पनि नियुक्ति पत्र बुझ्न नआए प्रतिष्ठानको नियमअनुसार हुने सूचित गरिएको छ ।   


    यसरी नियुक्तिपत्र लिन नआउने नर्सहरुमा 


    १, रस्मि पण्डित सातौँ तह नर्सिङ अधिकृत
    २, पुष्पा कोइराला स्टाफ नर्स
    ३, सञ्जु कोइराला स्टाफ नर्स
    ४, विशाखा क्षेत्री स्टाफ नर्स
    ५, दिक्षा भण्डारी स्टाफ नर्स
    ६ , सपना पाण्डे स्टाफ नर्स
    ७, शान्ति बस्नेत स्टाफ नर्स
    ८, नितु कुमारी महासेठ स्टाफ नर्स
    ९, होम कुमारी कोइराला स्टाफ नर्स छन् । 
    १०, रिया शर्मा ल्याब टेक्निसिएनले  पनि स्थायी नियुक्ति बुझ्न आएका छैनन् । 

    हेरौँ सूचनाः 

    a9fa519d1f017786f7ffca7125df1a66.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार