काठमाडौं, १५ चैत । सरकारले भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा डा उज्वल चालिसेलाई नियुक्त गरेको छ ।
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णय गर्दै डा चालिसेलाई भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।
डा चालिसेलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो।
डा चालिसे भक्तपुर अस्पतालमा कार्यरत छन्। यसअघि पनि ऊनी अस्पतालको निर्देशक भइसकेका छन् । चालिसेले क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदको नियुक्ती पत्र बुझिसकेका छन्।
क्यान्सर अस्पतालमा यसअघि डा ऋषिकेश नारायण श्रेष्ठ निर्देशक थिए। डा श्रेष्ठले उमेरका आधारमा बुधबारबाट अवकाश पाएका हुन्।
डा श्रेष्ठले अवकाश पाएपछि मन्त्रालयले रिक्त रहेको स्थानमा डा चालिसेलाई जिम्मेवारी दिएको हो।