काठमाडौं, ४ चैत । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारका क्रममा सिभिल अस्पताल बानेश्वरमा निधन भएको हो ।
ऊनी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य बनेकी थिइन।
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा जसपाका तर्फबाट समानुपातिक सांसद बनेकी सहनाज रहमानको १३ फागुनमा निधन भएपछि मञ्जुलाई पार्टीले सोही कोटामा सांसद सिफारिस गरेको हो । रहमानको पनि गत वर्ष भक्तपुरको घ्याम्पेडाँडामा वनभोज बेला हृदयाघात भई निधन भएको थियो ।
२०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरुवात गरेकी ऊनी सद्भावना पार्टीमा आवद्ध भइ २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज भएकी थिइन् ।