• बिहीबार , २९ असोज २०८३
  • images
    images

    प्यासिफिक क्लिनिकद्धारा महिलाको निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण 

    प्यासिफिक क्लिनिकद्धारा महिलाको निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण 

    निःशुल्क औषधी वितरण

    शुक्रबार, माघ १२ २०८०
    शुक्रबार, माघ १२ २०८०
    प्यासिफिक क्लिनिकद्धारा महिलाको निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण 

    ललितपुर, १२ माघ । ललितपुरको कुपन्डोलस्थित प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकले  महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरेको छ। 

    स्नेही महिला समुह र ललितपुर महानगरपालिका वडा नम्बर १० को टोल सुधार समितिसँगको सहकार्यमा प्यासिफिकले महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गरेको हो।

    images

    प्यासिफिकमा कार्यरत प्रसूति, स्त्रीरोग  तथा निशन्तान विशेषज्ञ डा. श्वेता ढकालले ८६ जना महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण तथा महिलामा हुने विभिन्न रोग तथा समस्याको परीक्षण र उपचार गरेकी हुन्। 


    शिविरमा सहभागिहरुलाई आवश्यक पर्ने औषधिहरु पनि निःशुल्क वितरण गरिएको छ।
    प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिककी  काउन्सिलर डा अर्पणा ढकालले शिविरमा सहभागी ८६ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि प्यापस्मेयर गरिएको जानकारी दिदै त्यसको रिपोर्ट भने एकसातामा आउने  जानकारी दिइन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार