• बिहीबार , २९ असोज २०८३
  • images
    images

    फागुन १५ गते देशभर नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने  

    फागुन १५ गते देशभर नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने  

    हेल्दीखबर
    शुक्रबार, फागुन १३ २०७८
    हेल्दीखबर
    शुक्रबार, फागुन १३ २०७८
    फागुन १५ गते देशभर नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने  

     काठमाडौ । चौविसौँ स्वास्थ्य सेवा दिवसको अवसरमा ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई फागुन १५ गते स्वास्थ्य शिविरको आयोजना गर्न निर्देशन दिएको हो ।स्वास्थ्य मन्त्रालयले १५ फागुनमा स्वास्थ्य सेवा दिवस मनाउने गर्दछ।  स्वास्थ्य मन्त्री विरोध खतिवडाको संयोजकत्वमा बसेको बैठकले जिल्लास्तरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गर्ने निर्णय गरेको हो ।
    बैठकले कोभिड १९ को संक्रमण पूर्ण नियन्त्रण आईनसकेको अवस्था रहेपनि संघ, प्रदेश र स्थानीय तहले विविध कार्यक्रम गरी दिवस मनाउने र स्थानीय परिवेश अनुकुलका सान्दर्भिक कार्यक्रम गरेर दिवस मनाउन समेत स्थानीय पालिका, प्रदेश र जिल्लाहरुलाई निर्देशन दिने समेत निर्णय गरेको छ ।
    यसवर्षको स्वास्थ्य सेवा दिवसको नारा ‘गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता’ राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार