• बिहीबार , २९ असोज २०८३
  • images
    images

    एभरेष्ट अस्पतालले नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने

    एभरेष्ट अस्पतालले नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने

    हेल्दीखबर
    आइतबार, फागुन २२ २०७८
    हेल्दीखबर
    आइतबार, फागुन २२ २०७८
    एभरेष्ट अस्पतालले नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने

    काठमाडौं । नयाँबानेश्वरस्थित एभरेष्ट अस्पतालले  फागुन २४ गते नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।नारी दिवसको अवसरमा अस्पतालले स्त्रीरोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो। 
    बरिष्ठ स्त्रीरोग तथा निशन्तान विशेषज्ञ डा जोत्सना शर्मा तथा ल्याप्रोस्कोपी सर्जन तथा नि:शन्तान विशेषज्ञ डा. राजन शाह र ब्रेस्ट अंकोसर्जन डा. विकास शाहले उपचार सेवा दिनेछन् । शिविरमा स्तन क्यान्सरको पनि नि:शुल्क ओपिडी सञ्चालन हुनेछ। स्वास्थ्य शिविर फागुन  २४ गते बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। शिविरमा स्त्रीरोग तथा नि:शन्तान सम्बन्धी नि:शुल्क स्वास्थ्य परीक्षण र स्तन क्यान्सर सम्बन्धी सम्पूर्ण रोगको उपचार हुनेछ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार