काठमाडौँ । नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ। अस्पतालले एक सूचना जारी गर्दै निशुल्क पोष्ट कोभिड शिविर तथा औषधि र मास्क वितरण कार्यक्रम समेत हुने भएको छ। लायन्स क्लव अफ काठमाडौँ एभरेष्ट निम्सको सहकार्यमा अस्पतालमा शुक्रबार उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो।
निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम एभरेष्ट अस्पताल, आयान हेल्थ केयर प्राइभेट लिमिटेड र अनमोल हेल्थ केयरको सहयोगमा सञ्चालन हुनेछ। उक्त शिविर एभरेष्ट अस्पतालमा शुक्रबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।
शिविरमा विशेषज्ञ चिकित्सकहरु डा रामनारायण शाह, डा निवेश पौडेल र डा सरोज गौडेलले निःशुल्क स्वास्थ्य परीक्षण गर्नेछन्। शिविरको क्रममा ल्यावमा ३० प्रतिशत, फार्मेसीमा १० प्रतिशत र अन्य सेवामा ३० प्रतिशतसम्म छुट दिइने अस्पतालले जनाएको छ।