• बिहीबार , २९ असोज २०८३
  • images
    images

    औषधि उत्पादक संघको आयोजनामा नवौँ ‘नेपाल फर्मा एक्स्पो’ हुने

    औषधि उत्पादक संघको आयोजनामा नवौँ ‘नेपाल फर्मा एक्स्पो’ हुने

    हेल्दीखबर
    शुक्रबार, पुस ६ २०८०
    हेल्दीखबर
    शुक्रबार, पुस ६ २०८०
    औषधि उत्पादक संघको आयोजनामा नवौँ ‘नेपाल फर्मा एक्स्पो’ हुने


    काठमाडौँ, ६ पुस । नेपाल औषधी उत्पादक संघ(एपोन)को आयोजनामा नवौं ‘नेपाल फर्मा एक्स्पो’को आयोजना हुने भएको छ । 
    नेपाली औषधी उद्योगको प्रर्वद्धनका लागि एपोनले ‘नेपाल फर्मा एक्स्पो’को आयोजना गर्न लागेको हो । 
    एपोनले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै नवौं नेपाल फर्मा एक्स्पो आगामी फागुन २५ देखि २७ गतेसम्म चितवनको भरतपुरमा हुने जानकारी दिएको छ । 
    एपोनका अध्यक्ष महेश प्रधानले एक्स्पोमा नेपाल लगायत विदेशबाट पनि सहभागिता रहने जानकारी दिए । उनले नेपाल सहित चीन, भारत, बंगलादेश, सिंगापुर लगायतका देशको स्टलहरुको प्रदर्शनी हुने बताए । 
    उनले एक्स्पोमा १५० भन्दा बढी स्टल रहने जानकारी दिदै नेपालमा औषधी उद्योगको दिगोपन र वृद्धिका अगुवाईलाई मुख्य नारा बनाइएको बताए । एक्स्पोले नेपाली औषधी उद्योगको प्रर्वद्धन तथा प्रविधिगत रुपमा फड्को मार्ने उनको भनाई छ ।   
    एपोनका उपाध्यक्ष तथा एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले औषधी उत्पादन प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई प्रदर्शनीमा देखाइने बताए । 
    उनले  फर्मा प्रदशर्नीले नेपालको औषधी उद्योगको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्ने भन्दै एक्स्पोबाट औषधी सम्बन्धि नयाँ ज्ञान आदानप्रदान हुने बताए । उनले एक्स्पोबाट सहकार्यसँगै यस क्षेत्रको वृद्धि र विकासका लागि नवीनतम प्रयोगको रुपमा रहने जानकारी दिए । 
    उनले एक्स्पोबाट औषधी उद्योगको प्रगतिको लागि औषधी व्यवस्था विभाग, नेपाल उद्योग परिसंघ, नेपाल उद्योग बाणिज्य महासंघ, फार्मेसी एसोसिएसन अफ नेपाल, नेपाल केमिष्ट एण्ड ड्रगिष्ट एसोसिएसन संगको समन्वयमा पनि थप सुधार आउने बताउनुभयो । एक्स्पोमा ३० हजार भन्दा बढी मानिसको उपपस्थिति रहने छ । 
    एक्स्पोका संयोजक रहेका एपोनका बरिष्ठ उपाध्यक्ष प्रभात रुंगाटाले औषधि क्षेत्रको ज्ञान आदानप्रदान, सहकार्यले यस क्षेत्रको बृद्धि र विकासको लागि नवीनतम प्रयोगको रुपमा रहने बताए । उनले सम्वन्धित सरोकारवाला, व्यवसायिकता, औषधि उत्पादन र निर्माण तथा प्रसोधन, औषधिमा प्रयोग हुने सामग्री प्याकेजिङ, मेसिनरी ल्याव, एनालिटिकल, ओइएम, आउटसोर्सिङ रहने बताए ।

    रुगंटाका अनुसार एल्माक प्याकेज प्रालि प्लाटिनम स्पोन्सर, एचभीएएक्स मेसिनरी प्रालि र प्यासिफिक लिमिटेड डाइमन्ड स्पोन्सर, एनपीएम मेसिनरी प्रालि गोल्ड स्पोन्सरको रुपमा निश्चित भएको बताए ।
    नेपाल फर्मा एक्स्पो प्रत्येक दुई वर्षमा आयोजना गरिदै आएको छ । 

    images

    No description available.    No description available.    No description available.    No description available.    No description available.    No description available.    No description available.    No description available.    No description available.    No description available.    

    प्रतिक्रिया दिनुहोस
    थप समाचार