• सोमबार, १५ भदौ २०८३
  • images

    मेडिकल काउन्सिलको एक्सन, चलिरहेको स्वास्थ्य शिविर बन्द 

    मेडिकल काउन्सिलको एक्सन, चलिरहेको स्वास्थ्य शिविर बन्द 

    हेल्दीखबर
    बिहीबार , कात्तिक २ २०८०
    हेल्दीखबर
    बिहीबार , कात्तिक २ २०८०
    मेडिकल काउन्सिलको एक्सन, चलिरहेको स्वास्थ्य शिविर बन्द 


    काठमाडौँ, २ कात्तिक । पछिल्लो समय  नेपाल मेडिकल काउन्सिल स्वास्थ्य क्षेत्रमा  हुने अनियमितता विरुद्ध एक्सनमा उत्रन थालेको छ । 
    आज मात्रै काउन्सिलले अनुमति विना नै विदेशी डाक्टर प्रयोग गरि सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविर बन्द गराएको छ । 
    काउन्सिलका अनुसार बसुन्धरास्थित अनन्त आशा मण्डली (चर्च)मा हिजो देखि सुरु भएको तीन दिने निशुल्क स्वास्थ्य शिविरमा काउन्सिलको टोलीले आज छापा मारी बन्द गराएको हो ।

    काउन्सिलका व्यवसायिक आचरण समिति संयोजक डा कालुसिंह खत्रीको नेतृत्वमा आज गएको अनुगमन टोलीले शिविरमा खटिएका विदेशी चिकित्सकले लिनुपर्ने अनुमति नलिएको जानकारी दिए । 

    ‘उनीहरु चिकित्सक नै हुन कि होइन् । दक्षिण कोरिया, अमेरिका लगायत विभिन्न देशबाट आएका १२ /१५ जना विदेशीहरु चिकित्सकको भूमिकामा खटिएको देखियो । भोलि काउन्सिलमा प्रमाणसहित आउनु भनिएको छ । यदि चिकित्सक नै हो भने पनि पहिले काउन्सिलसंग अनुमति लिएर मात्रै काम गर्नु पर्छ । त्यसैले हामीले आज दिउसो देखि शिविर बन्द गरिदियौँ ,’ डाक्टर खत्रीले भने ।

    उनीहरुले ल्याउने कागजातको आधारमा थप कार्वाहीबारे निर्णय हुने बताए ।

    ‘चिकित्सक नै रहेछन् भने एक पटकलाई नसियत दिएर छाड्न सकिएला, होइन रहेछ भने त कडा कारवाही हुन्छ,’ उनले भने ।

    शिविरमा अनुगमन टोली जाँदा सेवा लिने भनेर गएका सर्वसाधारणहरुको भिड थियो । शिविर बन्द भएपछि भने उनीहरु फर्केका छन् ।

    पछिल्लो समय चर्चका नाममा नेपालमा विदेशीहरु आउने र विना अनुमति यस्ता शिविरहरु क्रम बढ्न थालेको छ ।

    यस्ता शिविरहरुले आम सर्वसाधारणहरुलाई धर्म परिवर्तनका लागि प्रोस्ताहन मिल्ने समेत देखिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार