काठमाडौँ, ३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को स्वास्थ्य परीक्षण रिपोर्ट सामान्य देखिएपछि नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनी मंगलबार राती ९ः४५ बजे डिस्चार्ज भएका हुन् । उनको उपचारमा सम्लग्न मुटुरोग विशेषज्ञ डा.शिवजी सिलवालले प्रधानमन्त्रीको रिपोर्ट सामान्य आएपछि डिस्चार्ज गरिएको जानकारी दिए । दिउसो देखि छातीमा असहज महसुस भएपछि साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा ल्याई भर्ना गरिएको थियो ।
‘मुटुमा समस्या भएको आशंकामा प्रचण्डलाई नर्भिक अस्पताल ल्याइ उपचार गरिएको थियो ।
स्वास्थ्य अवस्था सामान्य देखिएपछि डिस्चार्ज गरिएको हो ।
यता प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले पनि स्वास्थ्य सामान्य भएको र नियमित परीक्षणका लागि मात्र अस्पताल ल्याइएको जानकारी दिए ।