तीन जना सदस्य नियुक्त
काठमाडौं,२६ असार । सरकारले मानव अंग प्रत्यारोपण समितिको अध्यक्षमा डा पुकारचन्द्र श्रेष्ठलाइ नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले समितिको अध्यक्षमा डा पुकारचन्द्र श्रेष्ठसहित अन्य तीन जना सदस्य नियुक्त गरेको हो।
मन्त्रिपरिषदले अध्यक्षमा श्रेष्ठ र सदस्यहरुमा डा महेश सिग्देल, डा प्रवीणविक्रम थापा र डा महेश अधिकारीलाई नियुक्त गरेको हो।
'स्वास्थ्य मन्त्रालयको सिफारिसमा उहाँहरुलाई नियुक्त गरिएको हो। ८ महिना देखि समिति नहुदा अंग प्रत्यारोपणसँग सम्बन्धित धेरै काम रोकिएको थियो।
अध्यक्ष डा श्रेष्ठ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक हुनुहुन्छ । डा सिग्देल त्रिवि शिक्षण अस्पताल, डा थापा काठमाडौं मेडिकल कलेज र डा अधिकारी मेडिसिटी अस्पतालमा कार्यरत हुनुहुन्छ । उहाँहरुको पदावधी दुई वर्षको हुन्छ।
समितिमा ८ महिनादेखि अध्यक्ष र सदस्यहरु रिक्त थिए। गत कात्तिक २४ गतेदेखि रिक्त थियो। तत्कालिन अध्यक्ष प्राडा दिव्या सिंह शाहसहित सदस्यहरुको पदावधि सकिएपछि नयाँ नियुक्त भएको थिएन।