काठमाडौं । सरकारले मानव अंग प्रत्यारोपण समिति (गठन) आदेश २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो।
गृहमन्त्री वालकृष्ण खाँणले मानव अंग प्रत्यारोपण समिति (गठन) आदेश २०७९ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले औषधि ऐन र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक संसदमा पेश गर्न स्वीकृति पनि दिएको छ। यस्तै सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय भएको छ।