जनकपुर,१९ जेठ । कलेजो रोगबाट पिडीत सर्जन डा. रणधीर झाको उपचारका क्रममा निधन भएको छ ।
शुक्रबार विहान नयाँदिल्लीमा उपचारका क्रममा डा.झाको निधन भएको हो ।
डा. रणधीर अनुमन्त अस्पतालका संचालक समेत हुनुहुन्थ्यो । डा. झा एक महिनादेखि उपचारमा हुनुहुन्थ्यो ।
एक महिनादेखि दिल्लीमा उपचारमा झाको कलेजोमा समस्या रहेको थियो ।
सन् २०१९ बाट डा. झाले आफ्नै नेतृत्वमा सर्लाहीको बरहथवामा हनुमन्त अस्पताल संचालनमा ल्याउनुभएको थियो ।
जण्डिसको समस्याबाट पीडित झा उपचारका लागि एक महिनाअघि भारतको नयाँदिल्ली पु्ग्नुभएको थियो ।
वीरगन्जस्थित नेपाल मेडिकल कलेजबाट उहाँले जनरल सर्जरीमा विशेषज्ञता हासिल गर्नुभएको थियो ।