• सोमबार, १५ भदौ २०८३
  • images

     तीन दिनको शिशुको ट्युमरको शल्यक्रिया

     तीन दिनको शिशुको ट्युमरको शल्यक्रिया

    हेल्दीखबर
    सोमबार, वैशाख २५ २०८०
    हेल्दीखबर
    सोमबार, वैशाख २५ २०८०
     तीन दिनको शिशुको ट्युमरको शल्यक्रिया


    काठमाडौं, २५ वैशाख । पाटन अस्पतालमा तीन दिनको शिशुको ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।

    वैशाख १८ गते जन्मिएको शिशुको कम्मरभन्दामुनि १२ सय ग्रामको ट्युमर देखिएपछि  शल्यक्रिया गरिएको हो। 
    न्युरोसर्जन डा. रुपेश राउतका अनुसार वैशाख २१ गते शल्यक्रिया गरिएको हो।

    ट्युमरको शल्यक्रिया न्युरोसर्जन प्राडा. प्रकाश विष्ट, डा. रुपेश राउत, डा. दिनुज श्रेष्ठ, प्लास्टिक सर्जन डा. प्रयाश चन्द लगायतको टिमले गरेको हो । 

    फेटिफर्म स्याक्रोकेक्सिजियल टेराटोमा ’ नामक जटिल प्रकारको ट्युमर देखा परेकाले जन्मिएको तीन दिनमै शल्यक्रिया गर्नुपरेको हो।


    राउतका अनुसार भ्रूण बन्ने क्रममा जुन ठाउँमा कोषहरु बन्नुपर्नेमा  त्यहाँ नबनेर अन्यत्रै गएर बनेर यस्तो समस्या आएको हो। 
     डा. राउतले ट्युमरको शल्यक्रिया गरिहाल्नुपर्ने अवस्था आएको जानकारी दिनुभयो ।

    पाटन अस्पतालमा न्युरोसर्जरी विभाग सुरु भएको एक वर्षमा १३५ वटा सफल शल्यक्रिया भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार