भक्तपुर,२४ वैशाख । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठ सम्मानित हुनुभएको छ।
मिर्गौला पिडित सरोकार समाजले नेपालमा एक हजार भन्दा बढी मिर्गौलाको सफल प्रत्यारोपण गरेको भन्दै उहाँलाई सम्मान गरिएको हो।
समाजका अध्यक्ष बलराम सुवेदीले अंग फेल भएका व्यक्तिको उपचारमा अग्रणी भूमिका निर्वाह गरेको भन्दै डा.श्रेष्ठलाई सम्मानित गरिएको जानकारी दिनुभयो।
भक्तपुरमा मिर्गौला पिडित सरकोकार समाजको पाचौं राष्ट्रिय महाधिवेशनको अवसरमा भएको डा. पुकार श्रेष्ठलाई सम्मान प्रदान गरिएको हो ।
उक्त समारोहमा डा पुकारचन्द्र श्रेष्ठले अङ्ग फेल भएका र अङ्ग नपाएर प्रत्यारोपण गर्न नपाइ मृत्यु बरण गर्नुपर्ने बाध्यताको अन्त गर्न सबैले आ– आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन पर्ने कुरा बताउनुभयो । अंगदान गर्न र मस्तिष्क मृत्यु पछि प्राप्त हुने अंग प्रत्यारोपण कार्य सूचारु गर्नुपर्ने उहाँको भनाइ थियो।
मिर्गौला पिडित सरोकार समाजका अध्यक्ष बलराम सुवेदीले डा पुकारले रास्ट्रलाई ठुलो सहयोग पुर्याएको बताउनुभयो ।
प्रमुख अतिथि माननीय दिपा शर्माले अंगदान र प्रत्यारोपण कार्यलाई प्रभावकारी बनाउन सरकारलाई घच्घचाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।