काठमाडौ । ह्याम्स हस्पिटलका अध्यक्ष आरएस भण्डारी सम्मानित हुनुभएको छ ।
केमिकल एण्ड सर्जिकल सप्लायर्स एसोसिएसन अफ नेपालले उक्त संस्थाको १७ औं स्थापना दिवसका अवसरमा भण्डारीलाई सम्मान गरेको हो ।
स्वास्थ्य क्षेत्रका सफल युवा व्यवसायी भण्डारी नेपाल सरकारबाट स—प्रवल जनसेवा श्री पदकबाट विभूषित हुनुभएकोमा एसोसिएसनले सो सम्मान गरेको हो ।
एसोसिएसनका पूर्व उपाध्यक्षसमेत रहनुभएका भण्डारी ओम सर्जिकल कन्सर्न एवं भण्डारी सर्जिकल हाउसका सञ्चालक तथा ह्याम्स हस्पिटलका अध्यक्ष हुनुहुन्छ ।
केमसान दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६० जना भन्दा बढी सर्जिकल व्यवसायीहरुले रक्तदान गरेका थिए ।