काठमाडौं । नेपाली चिकित्सक डा.सोमराज लामिछानेले पाकिस्तानको युनिभर्सिटी अफ हेल्थ साइन्सेसबाट ‘बेस्ट ग्राजुएट गोल्डमेडल’को उपाधी पाउनुहुने भएको छ। डा.लामिछानेले सन् २०१८ मा युनिभर्सिटी अफ हेल्थ साइन्सेस विश्वविद्यालयबाट एमएस न्युरोसर्जरी कोर्स पुरा गर्नुभएको थियो। न्युरोसर्जरीमा उक्त विश्वविद्यालयबाट लामिछाने पहिलोपटक स्वर्णपदक प्राप्त गर्ने नेपाली हुनुहुन्छ ।
डा लामिछानेले काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस उत्तीर्ण गरि थप अध्ययन गर्न पाकिस्तान जानुभएको थियो। हाल उहाँ लुम्बिनी मेडिकल कलेजमा हुनुहुन्छ । डा. लामिछानेलाई स्वर्णपदक र प्रमाणपत्र फेब्रुअरी २४ मा प्रदान गरिनेछ। 