• आइतबार, १४ भदौ २०८३
  • images

    त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सफल 

    त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सफल 

    करिब ३० लाख खर्च लाग्ने 

    हेल्दीखबर
    बुधबार, वैशाख ६ २०८०
    हेल्दीखबर
    बुधबार, वैशाख ६ २०८०
    त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सफल 
    फाइल तस्विर


    काठमाडौँ, ६ बैशाख । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो प्रत्यारोपण सफल भएको छ । 
    अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले मंगलबार  शिक्षण अस्पतालमा दशौँ पटक कलेजो प्रत्यारोपण गरेको हो ।

    डा भण्डारीले लिभर सेरोसिक भएका ३१ वर्षका बिरामी पुरुषलाई उहाँकी ३० वर्षकी श्रीमतीले कलेजो दान गरेको जानकारी दिनुभयो । 
    उहाँले हालसम्म भारतबाट प्रत्यारोपणका लागि टोली आएर सहयोग गरेको भन्दै अब भारतबाट सहयोगी आउन नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“अब अर्को पटकबाट भारतबाट चिकित्सक मगाउँदैनौ ।”

    त्रिवि शिक्षण अस्पतालमा १७ जेठ २०७६ मा पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो । 

    ‘उहाँले शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गर्नका लागि करिब २५ देखि ३० लाख लाग्ने जानकारी दिनुभयो । 

    नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण भने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा गरिएको हो । २२ मंसिर २०७३ मा गरिएको सो प्रत्यारोपणका लागि ३८ वर्षका भाईलाई ४२ वर्षकी दिदीले कलेजो दान गर्नुभएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार