काठमाडौं,५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका ड्राइभर (निजी चालक) दिलबहादुर थापाको स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
सोमबार बिहान घरको छतबाट खस्नुभएका थापालाई थप उपचारका लागि हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको हो।
लामिछानेले सामाजिक सञ्जालमा दिएको जानकारीअनुसार भरतपुरका चिकित्सकको सल्लाहमा उहाँलाई काठमाडौं ल्याइएको हो।
‘हाम्रो साथी, सहयोगी, भाइ शम्भुको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा अत्यन्त गम्भीर तथा नाजुक स्वास्थ्य स्थीतिमा करिब ३६ घन्टासम्म सघन उपचार कक्षमा उपचार गरिएको र हाल उनको स्वास्थ्य स्थीति स्थिर तथा सुधारोन्मुख रहेको तथा बिरामीको स्वास्थ्य स्थीतिलाई मध्यनजर गरी थप उपचारको लागि चिकित्सकज्यूहरू तथा हामी सबै आफन्तजनको सरसल्लाहमा हेलिकप्टरबाट एयरलिफ्ट गरी काठमाडौंको नेपाल मेडिसिटी अस्पतालमा पठाइएको छ,’ लामिछानेले फेसबुकमा लेख्नुभएको छ ।