काठमाडौ, १९ वैशाख । घरको छतबाट खसेर गम्भीर घाइते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकको मृत्यु भएको छ ।
सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३९ वर्षीय दिलबहादुर थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
अस्पतालले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेर ४० मिनेटमा थापाको मृत्यु भएको हो ।
थापा बैशाख ४ गते राति भरतपुर महानगरपालिका–११ स्थित लामिछानेको घरको छतमा सुत्नुभएको थियो। ५ गते बिहान ४ बजेतिर छतबाट तल खसेर गम्भीर घाइते हुनुभएको थियो ।
सुरुमा उपचारका लागि पुरानो मेडिकल कलेजमा लगिएपनि वैशाख ५ गते सेनाको मेडिसिटी अस्पताल ल्याइएको थियो।