शिक्षण अस्पतालको भिआईपी क्याविनमा रवि लामिछाने, माधव नेपाल मनमोहनमा
काठमाडौँ, १५ माघ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ ।
७२ वर्षीय नेपाललाई रुघा खोकी तथा ज्वरोको समस्या भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।
शिक्षण अस्पतालमा भिआईपी क्याविन नभएपछि संगै रहेको मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालको भिआईपी क्याविन ६०१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएपछि नेपाललाई मनमोहनमा राखिएको हो।
उहाँलाई त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञहरुको निगरानीमा हुनुहुन्छ ।
बिहीबार विहान नेता नेपालको स्वास्थ्य अवस्था बुझ्न पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरू अस्पताल पुगेका छन् ।
‘उहाँको खास समसया रुघा, खोकी र ज्वरो हो । यता भिआईपी क्याविन नभएपछि मनमोहन तर्फको क्याविनमा भर्ना गरिएको हो ।
निगरानी चाहि त्रिविकै छातीरोग विभागका चिकित्सकहरुले नै गर्नु भएको छ,’ शिक्षण अस्पतालका एक चिकित्सकले जानकारी दिनुभयो ।