• आइतबार, १४ भदौ २०८३
  • images
     कलेजो प्रत्यारोपणमा अर्को सफलता

    मस्तिष्क मृत्यु भएको व्यक्तिबाट कलेजो र मिर्गौला प्रत्यारोपण

    मस्तिष्क मृत्यु भएको व्यक्तिबाट कलेजो र मिर्गौला प्रत्यारोपण

    एकै पटक ३ जनामा अंग प्रत्यारोपण

    हेल्दीखबर
    शुक्रबार, फागुन १९ २०७९
    हेल्दीखबर
    शुक्रबार, फागुन १९ २०७९
    मस्तिष्क मृत्यु भएको व्यक्तिबाट कलेजो र मिर्गौला प्रत्यारोपण


    काठमाडौं, १९ फागुन । कलेजो प्रत्यारोपणमा अर्को सफलता थपिएको छ। 

    भक्तपुरको ठिमी  अस्तपालमा मस्तिष्क मृत्यु भएको एक व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो तीन जना व्यक्तिमा प्रत्यारोपण गरिएको छ। 

    शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त दुईवटा मिर्गौला  र कलेजो प्रत्यारोपण सफलतापुर्वक सम्पन्न भएको छ । 
    शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले दिनुभएको जानकारी अनुसार फागुन १६ गते रुपन्देही मायादेवी गाउँपालिका–४ का ४७ वर्षीय पुरुष र सिरहाको सिरहा नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो । 
    उहाँका अनुसार ललितपुर महानगरपालिका–२५ का ६८ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरिएको थियो ।  
     केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले 
    तीनै जनाको एकसाथ प्रत्यारोपण भएको बताउनुभयो । 

    कलेजो तथा मिर्गौला   प्रत्यारोपणको नेतृत्व डा.पुकार श्रेष्ठले  गर्नुभएको थियो। कलेजो प्रत्यारोपणमा डा.रोशन घिमिरे, डा.ललित कुमार दास र भारतीय प्रत्यारोपण विशेषज्ञ चिकित्सकहरुको सहभागिता थियोे । 

    मिर्गौला प्रत्यारोपणमा प्रा.डा.राकेश कुमार बमार्, प्रा.डा पवन चालिसे, डा.दिपेश श्रेष्ठ, डा.रविकिरण गौतम, डा.हरि बराल, डा. रोजन अधिकारी लगायत सर्जरीमा कार्यरत चिकित्सकको सहभागिता थियो ।

    एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा.आरती राई, डा.निभा श्रेष्ठ, डा.शोभित थापा, डा.रश्मित श्रेष्ठ, लगायतले सहयोग गर्नुभएको थियो । 
    नेफ्रोलोजी विभागबाट डा.कल्पना कुमारी श्रेष्ठ, डा.लुसन सिंह, डा.सुमित आचार्य, डा.जुजु राज श्रेष्ठ, डा.सुरेश महर्जन, डा.विक्रमवीर बज्राचार्य सहभागी हुनुहुन्थ्यो।

     रेडियोलोजी विभागबाट डा.समीर दवाडी, डा.गौरव श्रेष्ठ, डा.जस्मिन जोशी, डा.विवेक नेपाल, प्याथोलोजिस्ट डा.सविना श्रेष्ठ, ट्रान्सपलान्ट कोर्डिनेटर तारा साँध, अर्चना बगाले, सरु कोजु, फिजियोथेरापिस्ट सोनी सिखवल पनि टिममा हुनुहुन्थ्यो ।

    नि.नर्सिङ निर्देशक पुजा कोइरालाको नेतृत्वमा नर्सिङ इन्चार्ज अस्मिता कटुवाल, बबिता लवजु, अनिता कार्की, मीना खर्वुजा, मन्जु भट्टराईले नर्सिङ व्यवस्थापन तथा बिरामीको उपचारका लागि आवश्यक व्यवस्था मिलाउनु भएको थियो ।

    केन्द्रका अनुसार २०७४ बैशाख २८ गते पहिलो पटक मस्तिष्क मृत्यु भएको व्यक्तिको अङ्गबाट प्रत्यारोपण सुरु भएको थियो ।  हालसम्म पाँच जना व्यक्तिबाट अङ्ग प्राप्त गरी १३ जनामा प्रत्यारोपण भएको छ ।

    यस पटकको मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदान गर्नका लागि डा.रवीन्द्र प्रधानाङ्ग, डा.आहना श्रेष्ठ, सुधन के.सी लगायत समाजसेवी, सामाजिक अभियान्ता साथै बिरामीका परिवारको समेत पहलले यो कार्य सम्भव भएको डा.पुकारले बताउनुभयो।

    मस्तिष्क मृत्यु हुने व्यक्तिले आँफू जीवित हुँदा मृत्युपश्चात अङ्गदान गरेको वा नजिकको नातेदारले मस्तिष्क मृत्युपश्चात निजको शरीरवाट अङ्गदान गर्न मन्जुरी दिएको अवस्थामा मात्र अङ्ग प्रत्यारोपण गर्ने सकिने मानव शरीरको अङ्ग प्रत्यारोपणा (नियमित तथा निषेध) ऐन २०५५ को पहिलो संशोधन २०७२ तथा नियम २०७३ ले व्यवस्था गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार