• सोमबार, २ कात्तिक २०८३
  • images

    आज स्वास्थ्य सेवा दिवस मनाइँदै

    आज स्वास्थ्य सेवा दिवस मनाइँदै

    हेल्दीखबर
    सोमबार, फागुन १५ २०७९
    हेल्दीखबर
    सोमबार, फागुन १५ २०७९
    आज स्वास्थ्य सेवा दिवस मनाइँदै

     काठमाडाैं, १५ फागुन । सोमबार  स्वास्थ्य सेवा दिवस मनाइँदै छ।  स्वास्थ्य सेवा ऐन, २०५३ जारी भएको दिनलाई स्मरण गर्दै  हरेक वर्ष फागुन १५ गते  स्वास्थ्य सेवा दिवस मनाउने गरिन्छ ।

    संघ, प्रदेश तथा स्थानीय तहहरूमा विभिन्न कार्यक्रमको  आयोजना गरी स्वास्थ्य सेवा दिवस मनाउन लागिएको हो। 
     स्वास्थ्य सेवा विभागका महानिर्देशक संयोजक रहने गरी कार्यक्रम व्यवस्थापन समिति  गठन गरिएको छ।

    images

     मुख्य सचिव शंकरदास वैरागीकाे संयोजकत्वमा स्वास्थ्य सचिवहरु देव कुमारी गुरागाईं, डा रोशन पोखरेल, अतिरिक्त सचिव, महानिर्देशक  महाशाखा प्रमुख र केन्द्रीय अस्पतालका प्रमुख, स्वास्थ्य क्षेत्रका राष्ट्रियस्तरका ट्रेड युनियनका अध्यक्षहरू रहेको मूल समारोह समिति गठन गरिएको छ। 

    सोमबार राष्ट्रिय सभागृहमा मुल समारोह समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गर्दैछ।

    दिवसका अवसरमा स्वास्थ्य क्षेत्रमा योगदान दिएका कर्मचारीहरुलाई विशेष सम्मानसमेत गरिँदैछ। यस वर्षको स्वास्थ्य सेवा दिवसको नारा ‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा–निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार