• सोमबार, २ कात्तिक २०८३
  • images

    आज राष्ट्रिय स्वास्थ्य सेवा दिवस मनाइँदै

    आज राष्ट्रिय स्वास्थ्य सेवा दिवस मनाइँदै

    हेल्दीखबर
    आइतबार, फागुन १५ २०७८
    हेल्दीखबर
    आइतबार, फागुन १५ २०७८
    आज राष्ट्रिय स्वास्थ्य सेवा दिवस मनाइँदै
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


    काठमाडौ । आज  २४ औं राष्ट्रिय स्वास्थ्य सेवा दिवस मनाइदैछ । 
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय स्वास्थ्य सेवा दिवस बनाउन लागेको छ । 
    मन्त्रालयले स्वास्थ्य मन्त्रालय प्राङ्गणमा औपचारिक कार्यक्रमको आयोजना गरेको छ । 
    मन्त्रालय परिषरमै निशुल्क स्वास्थ्य शिविर हुदैछ । स्वास्थ्य शिविरका लागि भक्तपुरस्थित धर्मभक्त राष्ट्रिय प्रत्यारोपणको केन्द्रका स्वास्थ्यकर्मीहरु आउनेछन् । 
    गुणस्तरीय स्वास्थ्य सेवा र हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ नेपालभरि विभिन्न सचेतना कार्यक्रमसहित मनाइँदै छ । 

    २४औं राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले संविधानले प्रत्याभूत गरेको गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक हक सुनिश्चित हुनेछ गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

    images

    आइतबार शुभकामना सन्देश दिँदै खतिवडाले विगत तीन दशकमा नेपालको स्वास्थ्य सेवा प्रवाह वृद्धि भई नेपालीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको बताउनु भएको छ ।  

    नेपालको पहिलो राष्ट्रिय स्वास्थ्य नीति २०४८ ले स्वास्थ्य सेवालाई देशको कुनाकाप्चामा फैलाउने नीति लिएको र त्यसपछिका स्वास्थ्य नीतिले गुणस्तरीय स्वास्थ्य सेवामा जोड दिइएको उहाँको भनाइ छ । 

    स्वास्थ्य सेवा प्रभावकारी रूपमा प्रवाह हुनुमा स्वास्थ्यकर्मीहरूको ठूलो योगदान रहेको भन्दै मन्त्री खतिवडाले सह्राना गर्नुभएको छ । 

    २४औं राष्ट्रिय स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयले विभिन्न मन्त्रालयमा कार्यक्रम राखेको छ । 

     नेपालमा राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०५४ सालदेखि मनाइँन थालेको हो ।  

    प्रतिक्रिया दिनुहोस
    थप समाचार