नाम सिफारिस गर्न मन्त्रालयको पत्राचार
काठमाडौं, ९ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा दिवसका अवसरमा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ। मन्त्रालयले हरेक वर्ष फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउने गर्छ।
दिवसका अवसरमा मन्त्रालयले उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार र स्वास्थ्य सेवा पुरस्कार प्रदान गर्ने छ।
मन्त्रालयले कार्यसम्पादन मूल्यांकन, कर्यदक्षता र दुर्गम क्षेत्रमा पुर्याएको सेवासहित पुरस्कार प्रदान गर्ने छ। पुरस्कार प्रदान गर्नका लागि योग्य कर्मचारीको नाम सिफारिस गर्न मन्त्रालयले प्रदेश र स्थानीय तहका अस्पताल तथा स्वास्थ्य संस्थालाई अनुरोध गरेको छ।
मन्त्रालयले फागुन ११ गते २ बजेभित्र नाम सिफारिस गर्न आग्रह गरेको छ।
'कार्यसम्पादन मूल्याङ्कन, कार्यदक्षता र दुर्गम क्षेत्रमा पुऱ्याएको सेवासहित उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई "उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार" र "स्वास्थ्य सेवा पुरस्कार" प्रदान गर्ने कार्यक्रमसमेत रहेकोले प्रदेश र स्थानीय तहका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीहरू मध्येबाट बढीमा दुईजना (एक जना महिला र एक जना पुरुष ) कर्मचारीहरूको नामावली सिफारिस गरी २०८० फागुन ११ गते शुक्रबार २:०० बजे भित्र यस मन्त्रालयको इमेल: it.section@mohp.gov.np मा पठाउन हुन प्रदेशस्थित स्वास्थ्य मन्त्रालय / सामाजिक विकास मन्त्रालयलाई अनुरोध गरिन्छ,' मन्त्रालयको सूचनामा भनिएको छ।
हेरौं सूचना: