• मंगलबार, ३ कात्तिक २०८३
  • images

    सुदर्शन स्मृति पत्रकारिता पुरस्कारबाट पवित्रा सुनार पुरस्कृत

    सुदर्शन स्मृति पत्रकारिता पुरस्कारबाट पवित्रा सुनार पुरस्कृत

    हेल्दीखबर
    बुधबार, असार ८ २०७९
    हेल्दीखबर
    बुधबार, असार ८ २०७९
    सुदर्शन स्मृति पत्रकारिता पुरस्कारबाट पवित्रा सुनार पुरस्कृत


    कठमाडौ । सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०७९ बाट नागरिक दैनिककी स्वास्थ्य पत्रकार पवित्रा सुनार पुरस्कृत हुनुभएको छ । 
     विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय सुनारलाई ३० हजार रुपैयाँ राशी सहित पुरस्कृत हुनुभएको हो । 
    स्वास्थ्य पत्रकार मञ्च नेपाल र सुदर्शन शारदा देवकोटा स्मृति फाउण्डेसनको संयुक्त प्रयासमा गत वर्षदेखि उक्त पुरस्कारको सुरुवात भएको थियो । गत वर्ष एपीवान टेलिभिजनकी पत्रकार सपना पौडेलले उक्त पुरस्कार पाउनुभएको थियो । 
    बुधबार काठमाडौँ आयोजित विशेष समारोहमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ र  फाउण्डेसनी अध्यक्ष डा सुधा देवकोटाले नागरिक दैनिककी पत्रकार सुनारलाई उक्त पुरस्कार वितरण गर्नुभयो । सो अवसरमा बोल्दै राज्यमन्त्री खापुङले पत्रकारहरुले जोखिम मोलेर विभिन्न समयमा काम गरेको उल्लेख गर्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा अझै पनि अग्रसर भएर कलम चलाउन आग्रह गर्दै स्वास्थ्य पत्रकारिता जोखिम पत्रकारिता रहेको बताउनुभयो । कोभिडमा स्वास्थ्य पत्रकारहरुले उत्कृष्ट कार्य गरेको उहाँको भनाई छ । 
     फाउण्डेसनकी अध्यक्ष डा. सुधा देवकोटाले स्वास्थ्य पत्रकारहरु खोजी पत्रकारितामा लाग्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो स्वर्गीय पिता सुदर्शन देवकोटाको सम्झनामा वर्षेनी उक्त पुरस्कार प्रदान गरिने जानकारी दिदै पिताबाट प्रेरित भएका कारण पत्रकारिता क्षेत्रको महत्व बुझेको बताउनुभयो । उहाँले पत्रकारिताको सम्मान स्वरुप उक्त पुरस्कार स्थापना गरिएको बताउनुभयो । 
    कार्यक्रममा फाउन्डेशनका तेजकुमार बास्तोलाले पत्रकारिता स्थापना गर्नुको कारणबारे प्रकाश पार्नुभयो । उहाँले सारदा सुदशनबारे चर्चा गर्दै फाउन्डेशनले स्वास्थ्य पत्रकारिता पुरस्कारका लागि स्वास्थ्य पत्रकार मञ्च नेपालसंग सहकार्य गरेको बताउनुभयो । 
    उहाँले स्वास्थ्य पत्रकारिताको महत्व र यसमा क्रियाशिल पत्रकारलाई प्रोत्साहित गर्न आफूहरुले मञ्चसंग मिलेर बार्षिक रुपमा पुरस्कार वितरण गर्न सुरु गरेको बताउनुभयो । 
    स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानले यसता पुरस्कारबाट पत्रकारहरुमा हौसला तथा कामप्रति  उर्जा थपिने बताउनुभयो । 
    कार्यक्रममा ं कान्तिपुर राष्ट्रिय दैनिकका सम्पादक उमेश चौहानले स्वास्थ्य पत्रकारिताको महत्वबारे बताउनुभएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार