• आइतबार, १४ भदौ २०८३
  • images

    त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सफल

    त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सफल

    हेल्दीखबर
    शनिबार, पुस ३० २०७९
    हेल्दीखबर
    शनिबार, पुस ३० २०७९
    त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सफल
    त्रिवि शिक्षण अस्पताल

    काठमाडौँ, ३० पुस । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शुक्रबार नवौँ कलेजो प्रत्यारोपण भएको छ । आठौँ प्रत्यारोपण भएको करीब नौ महिना पछि नवौँ प्रत्यारोपण सफल भएको हो । 
     कलेजो प्रत्यारोपण विज्ञ डा रमेशसिंह भण्डारीको नेतृत्वको टोलीले करीव १२ घण्टा लगाएर ५२ बर्षका पुरुषमा कलेजो प्रत्यारोपण गरेको हो । ती पुरुषलाई उहाँका  १९ वर्षका छोराले प्रत्यारोपणका लागि कलेजो दान गर्नुभएको थियो । 


    डा भण्डारीले प्रत्यारोपण गराउने काठमाडौँ उपत्यका बाहिरका बिरामी भएको जानकारी दिनुभयो ।

    ‘हिजो विहान करीब ९ बजे देखि राती ९ बजेसम्म झण्डै १२ घण्टा लगाएर कलेजो प्रत्यारोपण गर्यौँ,डा.भण्डारीले भन्नुभयो,“ यो त्रिवि शिक्षण अस्पतालमा भएको नवौँ कलेजो प्रत्यारोपण हो ।”
     १९ वर्षका छोराको दाँया भागको कलेजे काँटेर ५२ बर्षको बाबुलाई प्रत्यारोपण गरिएको हो । अहिले दुबै जनाको स्वास्थ्य अवस्था स्थिर रहेको छ । कलेलो प्रत्यारोपण गरिएका व्यक्तिलाई एक महिना र कलेजो दिने दातालाई १० दिन भित्र डिस्चार्ज गरिनेछ । 

    शिक्षण अस्पतालको प्रत्यारोपण कार्यलाई भारतको फोर्टिस अस्पतालको कलेजो प्रत्यारोपण विभागका विज्ञ चिकित्सकहरुको टोलीले प्राविधिक सहयोग गर्दै आएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार