• सोमबार, १५ भदौ २०८३
  • images

    वीर अस्पताल खरिद एकाईमा कार्यरत अधिकृतमाथि भ्रष्टाचारको आरोप

    वीर अस्पताल खरिद एकाईमा कार्यरत अधिकृतमाथि भ्रष्टाचारको आरोप

    आइतबार, पुस १७ २०७९
    आइतबार, पुस १७ २०७९
    वीर अस्पताल खरिद एकाईमा कार्यरत अधिकृतमाथि भ्रष्टाचारको आरोप

    काठमाडौं ।  वीर अस्पताल खरिद एकाईका केही  बदनाम अधिकृतको कारण बिवादमा आईरहने गरेको छ।  गत बर्ष   पाँच  करोडको ओटी लाइट  र ओटि टेवलको टेन्डर आह्वान गरेकोमा टेन्डर आह्वान अगाडि  अस्पतालले स्पेक  बनाउन युरोलोजि विभागका डा अनिल  श्रेष्ठ र  डमरु दाहाललाई   जिम्मा दिइएको थियो।   स्पेफिकेशन बनाउदा आफुलाई कमिसन दिने अलाएन्स  फर्म लाई मात्र  टेन्डर पाउने गरी शाखा अधिकृत  डमरुले होटलमा  स्पेक  बनाएका थिए।   उक्त बिषय  अख्तियार ,स्वास्थ्य मन्त्रालय, सम्पति शुद्धीकरण बिभाग र सार्वजनिक खरिद अनुगमन कार्यालय मा समेत  डमरु बिरुद्ध  उजुरी  परेको  थियो ।
     खरिद एकाईका अधिकृत  डमरु दाहालले टेन्डर हुनु भन्दा पहिले नै ब्यापारि सग कमिसन लिदै होटल होटल मा गई स्पेक बनाइ  अस्पताल प्रशासन लाई दवाव दिई सोही अनुसार टेन्डर आह्वान गर्न र कोटेशनमा सामान खरिदबिक्री गर्ने गरेको आरोप लाग्ने गरेको छ। 
     खरिद एकाईका डमरु दाहाल भने अस्पताल हुने टेन्डर पहिलै आफुनिकट ब्यापारी लाई भनि होटल होटलमा गई स्पेक मिलाउने गरेको आरोप छ। उहाँले खरिद एकाई मार्फत करोडौंको समान आफू निकटसग  लिने गरेको आरोप लागेको छ।  डमरुले सर्जिकल सामान र प्रोपटाइरि सामानमा समेत   करोडौं  कमिसन लिएको भन्दै अख्तियारमा समेत उजुरी परेको छ।     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार