• आइतबार, १४ भदौ २०८३
  • images

    सुदूरपश्चिम सरकारको निर्णयः सेती अस्पताललाई संघीय सरकारले सञ्चालन गर्न माग

    सुदूरपश्चिम सरकारको निर्णयः सेती अस्पताललाई संघीय सरकारले सञ्चालन गर्न माग

    सोमबार, चैत १८ २०८१
    सोमबार, चैत १८ २०८१
    सुदूरपश्चिम सरकारको निर्णयः सेती अस्पताललाई संघीय सरकारले सञ्चालन गर्न माग

    कैलाली, १८ चैत । सुदूरपश्चिम सरकारले प्रदेश मातहतमा रहेको सेती प्रादेशिक अस्पताललाई संघीय अस्पतालमा परिणत गर्दै संघीय सरकारले सञ्चालन गर्न  माग गरेको छ । 
    सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद बैठकले सेती अस्पताललाई संघीय अस्पतालका रुपमा परिणत गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो । 

    ‘सुदूरपश्चिम प्रदेश सरकार मातहत सञ्चालित सेती प्रादेशिक अस्पताललाई सो अस्पतालमा कार्यरत जनशक्ति व्यवस्थापन सहित गेटा अस्पतालमा विशिष्टिकृत सेवा रहने गरी संघीय अस्पतालका रुपमा परिणत गर्न नेपाल सरकारलाई अनुरोध गरेको हो ।  सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषदको निर्णयले सेती अस्पताल केन्द्रबाट सञ्चालन गर्ने निर्णय गर्दै स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेको हो । 
     मन्त्रिपरिषदको सोही निर्णय अनुसारको पत्र सुदूरपश्चिम सरकारले संघीय स्वास्थ्य मन्त्रालयलाई पठाएको छ । 
    सूदुरपश्चिम सरकारले गरेको निर्णय आवश्यक फाइल संघीय स्वास्थ्य सचिव डा विकास देवकोटालाई आइतबार बुझाइएको छ । सुदूरपश्चिम सरकारले गेटामा प्रस्तावित विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गर्न समेत सहज हुने र गेटा अस्पतालमा विशिष्टिकृत सेवा रहने गरी सेती प्रादेशिक अस्पताललाई संघीय अस्पतालका रुपमा परिणत गर्न अनुरोध गरेको मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ। सेती अस्पताल हाल ५० शय्या क्षमतामा सञ्चालित छ । अस्पतालमा हाल विभिन्न पदमा गरेर ५१३ जना कर्मचारी कार्यरत छन् ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार