काठमाडौँ २४ माघ । धनगढीको नोभा हस्पिटलमा एक युवक शौचालयमा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार राति २ बजे कञ्चनपुरको वेदकोट नगरपालिका-६ सिसैयाका रविन्द्र राना हस्पिटलको शौचालयमा लडेको अवस्थामा मृत भेटिएका हुन् ।
उनी १७ महिनाका भतिजालाई उपचारको लागि नोभा हस्पिटलमा आएका थिए ।
बोहरा राति २ बजे शौचालय गएकोमा धेरै बेरसम्म नफर्किएपछि हस्पिटलका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा भेटेको थियोे ।
अहिले मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।