• आइतबार, १४ भदौ २०८३
  • images

    आज नर्भिक अस्पतालमा युरोलोजी सम्बन्धि निःशुल्क ओपिडी हुने

    आज नर्भिक अस्पतालमा युरोलोजी सम्बन्धि निःशुल्क ओपिडी हुने

    हेल्दीखबर
    शुक्रबार, मंसिर ९ २०७९
    हेल्दीखबर
    शुक्रबार, मंसिर ९ २०७९
    आज नर्भिक अस्पतालमा युरोलोजी सम्बन्धि निःशुल्क ओपिडी हुने

     

    काठमाडौँ, ९ मंसिर । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत शनिबार (आज) निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । 
    नर्भिकले शनिबार विहान ८ बजेदेखि १० बजेसम्म दुई विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको हो । 
    शनिबारको निःशुल्क ओपिडी सेवालाई नर्भिकले पछिल्लो समय पनि निरन्तरता दिएको छ । नर्भिकले विगत लामो समयदेखि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान संचालन गरिरहेको छ । सर्वसाधारणबाट माग आएपछि प्रत्येक शनिबारको अभियान जारी राखिएको अस्पतालले जनाएको छ । आउने शनिबार यूरोलोजी विशेषज्ञद्वय डा.सञ्जीवभक्त विष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्नेछ । 
    मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधी प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछ । मिर्गौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपिडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भएर शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ । नर्भिकमा हाल सानो प्वाल बनाएर मिर्गौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाएर मिर्गौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधि समेत उपलब्ध छ । यस्तै, दूरविनको माध्यमबाट घाउ बनाईकन प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्यूमरको समेत नर्भिकमा उपचार हुने अस्पतालले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार