काठमाडौं । सरकारले कान्ति बाल अस्पताल विकास समिति र मानसिक अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेको छ। डा बाबुराम गौतमलाई कान्ति बाल अस्पताल विकास समिति र मधुकर तुलाधरलाई मानसिक अस्पतालको अध्यक्षमा नियुक्त गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा गत २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले उहाँहरुलाई नियुक्त गरेको हो ।
सोही बैठकले कान्ति बाल अस्पतालको सदस्य पदमा कपिलदेव लामिछानेलाई नियुक्त गर्ने निर्णय गरेको छ । उहाँहरुको कार्यकाल २ बर्षको हुनेछ ।