काठमाडौं,२७ असार । मानसिक अस्पताल पाटनका कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा.सुदिप अर्याल मृत अवस्थामा फेला पर्नुभएको छ ।
आइतबार दिउँसो बुढानिलकण्ठस्थित एक होटलमा डा.अर्याल मृत फेला पर्नुभएको हो । पाटन अस्पतालमा कार्यरत अर्का डाक्टर बासु कार्कीले अर्याल एक होटलमा मृतक भेटिएको जानकारी दिनुभयो ।
अन्दाजी ३२ र ३३ वर्षका डा.अर्याल हालै एमडी गरि विगत १० महिनादेखि पाटन अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । आज बिहान ९ बजे घरबाट अफिस जान्छु भनि निस्कनु भएका डा. अर्यालले अफिसमा १० बजे पखाला चलेको भनी खबर गर्नुभएको थियो तर दिउँसो २ बजे प्रहरीले अर्यालको अवस्थाबारे जानकारी दिन अस्पतालमा फोन गरेको थियो ।