• आइतबार, १४ भदौ २०८३
  • images

    होटेलमा मृत भेटिएका डा अर्यालले विष सेवन गरेको पुष्टि

    होटेलमा मृत भेटिएका डा अर्यालले विष सेवन गरेको पुष्टि

    तीन महिनाअघि मात्रै भएको थियो  विवाह

    हेल्दीखबर
    सोमबार, असार २८ २०७८
    हेल्दीखबर
    सोमबार, असार २८ २०७८
    होटेलमा मृत भेटिएका डा अर्यालले विष सेवन गरेको पुष्टि

     काठमाडौं,२८ असार ।  मानसिक अस्पतालमा कार्यरत  कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा. सुदिप अर्यालको मृत्यु विष सेवनबाट भएको अनुसन्धानले देखाएको छ।  प्रहरीको प्रारम्भिक अध्ययनमा सुदिपले विष सेवन गरेको देखाएको हो। डा. अर्याल आइतबार बूढानीलकण्ठस्थित एक होटलमा आइतबार मृत फेला पर्नुभएको थियो।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार डा. अर्यालले विष सेवनका कारण मृत्यु भएको प्रारम्भिक अध्ययनले देखाएको जानकारी दिएको छ।

    उहाँको  पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ।पोष्टमार्टम रिपोर्ट बेलुकासम्म आइपुग्नेछ।  मृतक डा. अर्याल बसेको होटेलको कोठामा विष फेला परेको थियो।
    डा. अर्याल गत असोजमा नवौं तहमा बढुवा भएर मानसिक अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । डा. अर्यालको तीन महिनाअघि मात्रै विवाह भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार