• आइतबार, २ कात्तिक २०८३
  • images

    खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    खुकुरी प्रहार गरी श्रीमतीको हत्या

     छतबाट हाम फाल्दा श्रीमानको पनि मृत्यु 

    हेल्दीखबर
    सोमबार, साउन ९ २०७९
    हेल्दीखबर
    सोमबार, साउन ९ २०७९
    खुकुरी प्रहार गरी श्रीमतीको हत्या


    चितवन । श्रीमानले खुकरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । 
    चितवनस्थित भरतपु महानगरपालिका वडा नं. १० रमाईलो चोकमा ३५ वर्षीया रुस्मा घिमिरेलाई श्रीमान ४३ वर्षीय  कृष्णप्रसाद आचार्यले  खुकुरी प्रहार गरी हत्या गरेका हुन् । 
    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले राति १० वजे घरमा बसेर मोबाईल हेरिरहेको समयमा पछाडीबाट श्रीमानले धारिलो हतियार प्रहार गर्दा गम्भिर घाइते बनाएको जानकारी  दिनुभयो । घाइते श्रीमतीको उपचारको लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो । श्रीमतीलाई आक्रमण गरेलगतै घरको छतमा पुगी श्रीमान कृष्णप्रसाद आचार्यले हाम फाल्दा उनको पनि मृत्यु भएको छ । अहिले  दुवैजनाको शव पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ । 

     

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार