काठमाडौ । चुरोटको निहुँमा आफ्नै भाइको हत्या भएको छ। सुनसरीमा ३० वर्षीय दाइले खुकुरी प्रहार गरी आफ्नै १८ वर्षीय भाइको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयको जानकारी अनुसार बराहक्षेत्र नगरपालिका–४ कौवा खोज बस्ने ३० वर्षीय देवराज धामीले आफ्नै १८ वर्षीय भाइ देवकुमारमाथि खुकुरी प्रहार गरी हत्या गरेको हो। हत्या आरोपमा प्रहरीले आइतबार बिहान देवराजलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूबीच चुरोटको निहुँमा झगडा भएको थियो। देवराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि घोपा धरान अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।