• शुक्रबार, ३० असोज २०८३
  • images

    २७ वर्षको उमेरमा पूर्व मिस ब्राजिल ग्लेसीको निधन

    २७ वर्षको उमेरमा पूर्व मिस ब्राजिल ग्लेसीको निधन

    हेल्दीखबर
    बिहीबार , असार ९ २०७९
    हेल्दीखबर
    बिहीबार , असार ९ २०७९
    २७ वर्षको उमेरमा पूर्व मिस ब्राजिल ग्लेसीको निधन


    पूर्व मिस ब्राजिल ग्लेसी कोरेइयाको २७ वर्षको उमेरमा निधन भएको छ। टन्सिल निकाल्नका लागि गरिएको शल्यक्रियाका कारण उनलाई ब्रेन ह्यामरेज र हृदयघात भएको थियो।

    समाचारका अनुसार सन् २०१८ मा मिस युनाइटेड कन्टिनेन्ट ब्राजिलको उपाधिकी बिजेता कोरेइयाको सोमबार एक नीजि क्लिनिकमा निधन भएको हो।

    images

    उनी पछिल्लो दुई महिनादेखि कोमामा थिइन्। टन्सिल हटाउनका लागि उनको शल्यक्रिया गरिएको थियो तर त्यसको केही दिनपछि उनको अत्यधिक रक्तश्राव भयो र अप्रिल ४ मा हृदयघातसमेत भयो।

    कोरेइयाको शव पोस्ट मार्टमका लागि पठाइएको छ। उनी एक मोडल, ब्युटिसियन र इन्फ्लुएन्सर थिइन्। इन्स्टाग्राममा उनका ५६ हजारभन्दा बढी फलोअर्स छन्। एजेन्सी

    प्रतिक्रिया दिनुहोस
    थप समाचार