• बिहीबार , २९ असोज २०८३
  • images
    images

     डाक्टर भम्पा राईको निधन

     डाक्टर भम्पा राईको निधन

    हेल्दीखबर
    आइतबार, असार ५ २०७९
    हेल्दीखबर
    आइतबार, असार ५ २०७९
     डाक्टर भम्पा राईको निधन

     काठमाडौं । डाक्टर भम्पा राईको निधन भएको छ। ७५ वर्षीय राईको गए राति पौने तीन बजे निधन भएको हो।भुटानी शरणार्थीका अगुवा डा.राइको विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

    केही दिन अघि हर्नियाको शल्यक्रिया गरिएका राईको शनिबार मुटुको चाल कम भएको थियो। 
    सुरुमा झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका लागि लगिएको थियो। थप उपचारका लागि विराटनगर पठाइएको थियो। 

    images

    तीन दशकदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका राई  झापाको दमकमा एक्लै बस्दै आउनुभएको थियो। बङलादेशको ढाका विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन  डा राई सन् १९७५ सालदेखि चिकित्सा पेसामा संलग्न हुनुहुन्थ्यो ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार