• बुधबार, २८ असोज २०८३
  • images

    पर्यटन व्यवसायी र मजदूरलाई कोरोना खोप

    पर्यटन व्यवसायी र मजदूरलाई कोरोना खोप

    आइतबार, साउन १० २०७८
    आइतबार, साउन १० २०७८
    पर्यटन व्यवसायी र मजदूरलाई कोरोना खोप


    काठमाडौँ ।
    गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसायी र मजदूरलाई खोप लगाउन सहजीकरण गर्ने बताउनुभएको छ । नवनियुक्त मन्त्री शर्माले आज पदभार ग्रहण गर्दै कोरोना प्रभावित पर्यटन क्षेत्रको पुनःउत्थानका लागि विभिन्न योजना तथा कार्यक्रमका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पर्यटन व्यवसायीका लागि रु एक करोडको राहत प्याकेज विनियोजन गर्ने निर्णय गर्नुभएको छ ।
    पदभार ग्रहण लगत्तै मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उहाँले उच्च मनोबलका साथ ढुक्क भएर काम गर्न आग्रह गर्नुभएको छ । । कर्मचारी नै स्थायी सरकार रहेको उल्लेख गर्दै उहाँले सेवाग्राहीको आवश्यकता सम्बोधन गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । 

     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार