• शुक्रबार, ३० असोज २०८३
  • images

    पर्यटन मन्त्री प्रेम आलेलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी 

    पर्यटन मन्त्री प्रेम आलेलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी 

    हेल्दीखबर
    शुक्रबार, जेठ ६ २०७९
    हेल्दीखबर
    शुक्रबार, जेठ ६ २०७९
    पर्यटन मन्त्री प्रेम आलेलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी 


    काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पर्यटन, संस्कृती तथा नागरिक उड्‍ययन मन्त्री प्रेम आलेले सम्हाल्नुहुनेछ ।  
    स्वास्थ्य मन्त्री विरोध खतिवडा शुक्रबार विदेश भ्रमणमा जानुभएकोले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पर्यटन मन्त्री आलेले सम्हाल्नुभएको हो । 
     मन्त्री खतिवडा विश्व स्वास्थ्य संगठनको ७५औं महासभामा भाग लिन स्वीजरल्याण्डको जेनेभा जानुभएको हो । 
    स्वास्थ्य मन्त्री खतिवडा नफर्किएसम्म पर्यटन मन्त्री आलेले स्वास्थ्य मन्त्रालयको  जिम्मेवारी सम्हाल्नु हुनेछ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार