काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको निधन भएको छ। फोक्सो क्यान्सरबाट पीडित देउवाको आज बिहान वीर अस्पतालमा निधन भएको हो ।
प्रधानमन्त्री देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार प्रेमबहादुर फोक्सो क्यान्सरबाट पीडित भएर केही समयदेखि उपचाररत हुनुहुन्थ्यो । उपचारका क्रममा उहाँको निधन भएको हो।